तालिवानको सरकार बनाउन काबुल पुगे बरादर

तालिवानको सरकार बनाउन काबुल पुगे बरादर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – तालिवानका सह–संस्थापक मुल्ला अब्दुल घानी बरादर अफगानिस्तानको राजधानी काबुल पुगेका छन् ।

नयाँ सरकार गठन गर्न उनी काबुल पुगेका हुन् । अफगानिस्तान कब्जा गरेको एक हप्तापछि उनी काबुल पुगेका हुन् । बरादरले काबुलमा रहेका तालिबानका सदस्य एवं नेतासँग संवाद गर्नेछन् ।

बीबीसीका अनुसार समावेशी सरकार गठनका लागि बरादरले काबुलमा जिहादी नेता र अन्य व्यक्तिसँग भेटवार्ता गर्नेछन् । बरादर सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका थिए । त्यसपछि सन् २०१८ मा उनलाई कतार पठाइएको थियो ।

दोहामा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि बरादरलाई तालिबानको राजनीतिक कार्यालय प्रमुखमा नियुक्त गरिएको थियो ।