अल्मुताइरीले दिए राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट राजीनामा

अल्मुताइरीले दिए राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले नेपाली टिमसँगको ५ सय २५ दिनको यात्रा टुंगिएको बताएका हुन् ।

उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको उल्लेख गरेका छन् । खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा थिए ।