कपिलवस्तु– नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाह कपिलवस्तुबाट प्रतिनिधीसभामा निर्वाचित हुने पक्का भएको छ । शाहले कपिलवस्तु क्षेत्र नम्बर ३ मा करिव १२ सय मत गन्न बाकि हुदा चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।
उनले १५ हजार ८ सय ७२ संघिय समाजवादी फोरमका मंगल प्रसाद गुप्ताले १२ हजार ४४ र वामगठवन्धनका साझा उम्मेदवार एमाले नेता ईश्वर दयाल मिश्रले ११ हजार ७ सय २२ मत ल्याएका छन् ।
यससंगै शाह कपिलवस्तुबाट तीन पटक लगातार चुनाव जित्ने रेकर्ड बनाएका छन् ।
उनि यसअघि उपेन्द्र यादव नेतृत्वको फोरमबाट दुई पटक सांसद निर्वाचित भएका थिए । शाह चुनावअघि मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । शाहले कपिलवस्तुका जनता महान भएको प्रतिक्रिया दिए ।





प्रतिक्रिया