एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपी आभुषण तिम्सिनाले दिए राजीनामा

एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपी आभुषण तिम्सिनाले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिनाले राजीनामा दिएका छन् । एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै तिम्सिनाले आइतबार राजीनामा दिने घोषणा गरेका हुन्।

सरकारले गत शुक्रबार १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्दा तिम्सिना छुटेका थिए।

१८ जना एसपीको एसएसपीमा बढुवा हुँदा सिनियर र कार्यक्षमता भएकामाथि अन्याय गरिएको भन्दै उनले राजीनामा दिएको बताएका छन्। एसएसपीमा बढुवा सिफारिस नभएपछि एसपी तिम्सिना असन्तुष्ट बनेका थिए ।

फेसबुकमा स्टाटस लेखेर एसपी तिम्सिनाले प्रहरी सेवामा लागेको २५ वर्ष पूरा हुन ४९ दिन बाँकी रहँदा संस्थाबाट राजीनामा दिएर अलग्गिने निर्णय गरेको उल्लेख गरेका छन् । तिम्सिना नेपाल प्रहरीभित्र विभिन्न समयमा चर्चा र विवादमा आइरहने अधिकृत हुन् ।