कालोसूचीमा मलेसिया र खाडीका ७६ रोजगारदाता

कालोसूचीमा मलेसिया र खाडीका ७६ रोजगारदाता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ। वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ।

विभागका महानिर्देशक दिलिप चापागाईँले कालोसूचीमा परेका रोजगारदातालाई कालोसूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने बताए। कालोसूचीमा पर्नेमा सबैभन्दा बढी मलेसियाका रोजगारदाता छन्। विभागले मलेसियाका ५२, संयुक्त अरब इमिरेट्सका छ, साउदी अरेबियाका पाँच र कतारका चार रोजगारदाता कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।

कालोसूचीमा परेका रोजगारदाताले श्रमिकलाई सम्झौताअनुसार सेवा, सुविधा नदिई समस्यामा पारेको तथ्य फेला परेको विभागले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।