दाङ – दाङमा आगलागीबाट जेसिबी जलेर नष्ट भएको छ । गढवा गाउँपालिका–१ जेठान गाँउमा बज्रगुरु कन्सट्रक्सनले निर्माण गरिरहेको गढवा–कालाकाटे हुलाकी राजमार्गमा प्रयोग भइरहेका जेसिबी तथा स्काईभेटरमा सोमबार बिहान अपरिचित व्यक्तिहरूले आगजनी गरेको हो ।
आगजनीबाट ४ वटा स्काईभेटर पूर्णरूपमा जल्नुका साथै १ वटा सामान्य जलेर करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोबडियाबाट खटिएको प्रहरीले दमकल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । आगो लगाउने व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया