यू–१९ पुरुष एसिया कप : हेमन्त धामीको कप्तानीमा टोली घोषणा

यू–१९ पुरुष एसिया कप : हेमन्त धामीको कप्तानीमा टोली घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–एसीसी यू–१९ पुरुष एसिया कपका लागि टोली घोषणा भएको छ। यूएईमा आगामी नोभेम्बर २९ देखि आयोजना हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले  १८ सदस्यीय टोली घोषणा गरेको हो ।

मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन्। ५०ओभरमा हुने खेलमा नेपालले श्रीलंका, बंगलादेश र अफगानिस्तानको सामना गर्नेछ।

टोली सदस्यहरु :-

हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान)  आकाश त्रिपाठी, उत्तम थापामगर, मयन यादव, नरेन साउद, यूनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अविशेख तिवारी, दिलसाद अली र रन्जित कुमार ।