काठमाडौं – दशै र तिहारलाई ध्यानमा राखेर जिल्ला ट्राफिक कार्यालय बांकेले “अर्लर्ट टुडे अलाईभ टुमारो ” भन्ने मूल नाराका साथ दुर्घटना न्यूनिकरण तथा सडक सुरक्षा सम्बन्धी सप्ताह कार्यक्रम सुरु गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय बांकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्देंं ट्राफिक प्रहरीले सवारी साधनको बढी चांप हुने स्थानहरु नेपालगञ्ज उपमहानगरपालिका बसपार्क,पुष्पलाल चोक, कोहलपुर बसपार्क,चौराहामा यात्रुको सहजिकरणका लागी यात्रु सहायता कक्ष स्थपना गरी सेवा सञ्चालन गरेको,र विभिन्न यातायात व्यवसायिहरुसंग सम्वन्यगरी यात्रुहरुको सहजता गर्न गुणस्तरिय सेवा दिन तोकिएको भाडादर र गुनासो सुनुवाई गर्न समेत छलफल गरि सम्झौता गरिएको जानकारी दिए ।

घटस्थपनादेखि उक्त सम्झौंता कार्यन्वयन भए-नभएको अनुगमन गर्न सिभिल पोसाकमा ट्राफिक प्रहरी खटाउने व्यवस्था गरिएको छ । २५० किमि भन्दा लामो दुरीमा चल्ने सवारी साधनमा २ जना चालक भए-नभएको कडाईका साथ चेकजांच गर्ने र यदि नभेटिएको खण्डमा आवश्यक कार्वाहि गरिने भएको छ ।
चाडपर्वको अवसरमा आर्दश उच्च मावि र नेपालगंञ्ज बहुमुखि क्याम्पससंग सम्वन्यगरी करिव २५ वटा ट्राफिक जनचेतनामूलक बोर्डहरु,सवारी दुर्घटना हुने स्थानको पहिचान गरि राख्न लगाएको र वोर्डमा लेखिएका जनचेतनामूलक जानकारी कुराहरु पालना गरिदिन हुन सडक प्रयोग कर्तालाई ट्राफिक कार्यालय बांकेले अनुरोध गरेको छ ।

चाडपर्वहरुलाई मध्येनजर गरी सवारी दुर्घटना बढ्न सक्ने भएकाले दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा रात्रिकालिन मापसे चेकजांच अभियान कडाईका साथ लागु गरेको ट्राफिक प्रहरी निरीक्षक रोकायाले बताए ।





प्रतिक्रिया