काठमाण्डु- सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाण्डुका लागि छुटेको बा २ खा ६५९६ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । २४ जना घाइते भएका छन्।
सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटना हुँदा २ महिला, २ पुरुष र १ बच्चाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । मृतक तथा घाइतेको नाम भने खुलेको छैन।
यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। अहिले उद्धारको काम भइरहेको र घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको सिलवालले बताए।




प्रतिक्रिया