अष्ट्रेलियामा विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु


अस्ट्रेलिया – अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार अबेर राति बायाँपट्टि खसेको र चोकको प्रवेशद्वारमा ठोकिएपछि फुटपाथमा पल्टिएको थियो ।

दुर्घटनापछि एक दर्जनभन्दा बढी आपत्कालीन कामदारहरू घटनास्थलमा पुगेका र उनीहरूले २० जनाभन्दा बढी मानिसहरू अस्पताल पुर्याएका थिए । एक बिरामीको अवस्था गम्भीर रहेको र अन्य २० जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा शेयर गरिएको विवाहको तस्बिरमा दुर्घटना हुनुभन्दा केही घण्टाअघि स्थानीय बगैँचाको खाली भागमा भेला भई तस्बिर खिचाएका देख्न सकिन्छ ।

कार्यवाहक सहायक आयुक्त ट्रेसी च्यापम्यानले ५८ वर्षीय बस चालकलाई पक्राउ गर्नुअघि अष्ट्रेलियाली कानुन अनुसार अस्पतालमा लगि ‘परीक्षण’ गरिएको र उनलाई नजिकैको सेस्नोक प्रहरी कार्यालयमा हिरासतमा राखिएको बताएको छ । ‘उनले अनुसन्धानमा सहयोग गरिरहेका छन् र ‘यो चरणमा चालक विद्ध कुनै आरोप लगाइएको छैन,’ उनले भने ।

‘हामी चालकको व्यवहारका सबै तरिकाहरूको अनुसन्धान गरिरहेका छौँ ।’ च्यापम्यानका अनुसार दुर्घटनामा परेका केही यात्रुहरू सिसा फोडेर दुर्घटनाग्रस्त बसबाट बाहिर निस्किएका थिए । विवाहमा सहभागी भएका यात्रुहरू आ-आफ्नो आवासतर्फ जाँदै गरेको अनुमान गरिएको च्यापम्यानले बताए । अन्य कुनै पनि सवारी साधनसँग बस ठोकिएको नभई बसले सन्तुलन गुमाएका कारण दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement