गुल्मीमा जीप दुर्घटना, चार जना घाइते

गुल्मीमा जीप दुर्घटना, चार जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी – जिल्लामा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। ६ जना यात्रु बोकेर जिल्लाको सदरमुकाम तमघासदेखि मदाने गाउँपालिका-१ अग्लुङतर्फ जाँदै गरेको लु१च ८०२४ नम्बरको जीप रेसुंगा नगरपालिका-४ रैदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइतेहरूको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घाइते हुनेमा प्युठान गौमुखी गाउँपालिका-१ अर्खाका २२ वर्षीय यम बहादुर बुढा,सोही ठाउँका २१ वर्षीय नवीन बुढा, सोही ठाउँकै २८ वर्षीय चन्द्र मगर र मदाने गाउँपालिका-१ अग्लुङका २१ वर्षीय लक्ष्मण जिसी रहेका छन्।

उनका अनुसार घाइतेमध्ये यम बहादुर बुढाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको जनाएको छ।