रोल्पामा बस दुर्घटना हुँदा तीन जना घाइते


काठमाण्डु- रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते भएका छन् ।

रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका ७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो १ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना पुरुष र एक जना महिला गरी तीन जना घाइते गम्भीर भएका छन् । बस सडकदेखि करिब १ सय मिटर तल खसेको छ । अन्य घाइतेको उद्धार कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement