बैतडीमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

बैतडीमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा बुधबार बिहान गाडीले ठक्कर दिँदा पाटन नगरपालिका–८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको हो । उनी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत थिए ।

महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन भने मृतकका आफन्तले दोषीमाथि कारबाहीको माग राखेर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।