सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बस दुर्घटनामा परी दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीय सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका–६ बस्ने अन्दाजी ४० वर्षीया अनिता बोहराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शनिबार दिउँसो ३ बजे ना६ख ५४६३ नम्बरको बस दुर्घटनामा परेको छ ।

सल्यानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नविन कार्कीले दाङको तुलसीपुरबाट सल्यानको जयचौरका लागि छुटेको बस सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै दुर्घटना भएको बताए ।

दुर्घटनामा परी १४ जना घाइते भएका जनाइएको छन् । घाइतेलाई उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।