पाल्पा – जिल्लाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा ३ महिला, २ बालक र १ पुरुष रहेका छन् ।
ज्यान गुमाउनेको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको छ ।
घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।
पर्यटकीयस्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट जीप खोलमा खसेको छ । घटनास्थलमा पुग्न ठूलो भीर र पहाड भएकाले उद्धारमा कठिनाइ भएको जनाइएको छ ।




प्रतिक्रिया