मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – जिल्लाको ईश्वरपुर नगरपालिका–२ भक्तिपुर मियाँखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा साइकल यात्रु स्थानीय ५५ वर्षीय महलाजिम अन्सारीको मृत्यु भएको छ ।

गाउँको सडकमा मोटरसाइकलले ठक्कर दिँदा साइकलमा हिँडिरहेका अन्सारीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केरशगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए ।

अन्सारीको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि बिहीबार परिवारले बुझेका छन् । दुर्घटनामा मोटरसाइकल चालक मियाँखोरकै २२ वर्षीय विवेक सहनी घाइते भएका छन् । चालकको प्रहरी निगरानीमा उपचार चलिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

दुर्घटनामा संलग्न मोटरसाइकल ईलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा राखिएको छ ।