काठमाण्डु – पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु१४प ८८७१ नम्बरको मोटरसाइकल शनिबार दिउँसो सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अन्तर्गत माथागढी गाउँपालिका–१ बिरौटामा दुर्घटना भएको हो ।
मोटरसाइकलमा सवार वालिङ नगरपालिका–५ का ४१ वर्षका मोहनीलाल थापा घाइते भई उपचारका लागि पाल्पा अस्पतालमा पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
मोटरसाइकल सडकबाट १० मिटर तल खसेको तथा घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया