सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियास्थित सडकमा ना५त ६१८२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिएर मंगलबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्रयाक्टरका सहचालक स्थानीय २८ वर्षीय शंकर पटेलको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते भएका ट्रयाक्टर चालक गोडैता–७ बस्ने ४० वर्षीय अशेश्वर पटेलको प्रादेशिक अस्पताल मलंगवा हुँदै थप उपचारको लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य १ जनाको प्रादेशिक अस्पताल मलंगवा र अन्य १ जनाको तराई अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

पाल्पाको निस्दी गाउँपालिका–७ मोटेखर्कस्थित सडकमा लु२ख ५२९ नम्बरको टिप्परको ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर बुधबार बिहान दुर्घटना हुँदा टिप्परमा सवार पूर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षीया दिलकुमारी आलेको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका घाइते भएका टिप्पर चालक समेत ३ जनालाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा नवलपरासीमा पठाइएको छ ।

महोत्तरीको एकडारा गाउँपालिका–१ एकडारामा प्र२–०२–००२ प ८४१० नम्बरको मोटरसाइकलले मधेश प्र०२–००६ प ९६४७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा प्र०२–००६ प ९६४७ नम्बरको मोटरसाइकलमा सवार जलेश्वर नगरपालिका–८ सानो रतवाडा बस्ने ५० वर्षीया गरतीया देवीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । प्र२–०२–००२ प ८४१० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।