काठमाण्डु – दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–७ देउराली नजिकै जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका–७ का युवक सुजन मगर छन् ।
कालिञ्चोकबाट चरिकोटतिर गइरहेको बा२१च ८२६८ नम्बर जीप अनियन्त्रित भई बाग्मती प्रदेश ०२०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर सडकबाट ३० मिटर तल खसेको थियो ।
गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि काठमाण्डु रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया