भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – धनुषा जिल्लामा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–९ का १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका–२ का अन्दाजी १८ वर्षीय टेमा मोक्तान रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिए ।

गए राति करीब पौने १ बजे ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बीबी ८१४७ नम्बरको ट्रकले ज११प १२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवैको मृत्यु भएको डीएसपी अवाले बताए ।

दुर्घटनामा घाइते भएका दुवैको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।