छुट्टाछुट्टै स्थानमा सवारीसाधन दुर्घटना हुँदा १२ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा सवारीसाधन दुर्घटना हुँदा १२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छुट्टाछुट्टै स्थानमा भएका सवारीसाधन दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ टोड्केसालमा सुप प्र ०१ ००१ ह ५५४५ नम्बरको अटोको ब्रेक फेल भई पल्टिएर बुधबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा कमलबजार नगरपालिका–४ बस्ने २४ वर्षीय दिपक बोहरा र सोही नगरपालिका–२ बस्ने २६ वर्षीय जनक खड्का रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाम लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अन्य ४ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्युठानको ऐरावती गाउँपालिका–२ ददेरीपाटामा रा३प ८४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको किनारमा पल्टिएर बिहीबार बिहान दुर्घटना हुँदा चालक ऐरावती गाउँपालिका–५ झिवाङ बस्ने ६० वर्षीय हरिलाल थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–५ गुलरियास्थित भित्री सडक सडकमा भे१ख २४११ नम्बरको मिनी ट्रकमा भे११प २६४७ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गुलरिया नगरपालिका–२ बस्ने ७३ वर्षीय कृष्णप्रसाद अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मिनीट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–५ कामी टोलमा बा२ख ८२१३ नम्बरको ट्रक सडकबाट करीब ५०० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक काभ्रेको पनौती बस्ने ३५ वर्षीय राजु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका–३ सहिद गेटस्थित सडकमा भएको सवारी दुर्घटनामा परी को२१प ७७ नम्बरको मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–४ बस्ने ३१ वर्षीय मदन बहादुर लाय मगरको बुधबार दिउँसो मृत्यु भएको छ ।

मोटरसाइकल भैसीसँग ठक्कर खाई लडेको अवस्थामा अल्फाबेट नखुलेको १८४५ नम्बरको मोटरसाइकलले समेत ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको लागि बीएण्डी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । हाल मोटरसाइकलसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाको सिरहा नगरपालिका–१ स्थित सिरहा–माडर सडक खण्डमा ज१च १०७१ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सिरहा नगरपालिका–२ हटिया टोल बस्ने ३६ वर्षीया जिबछी देवी यादवको बुधबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिरहामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । जीप चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–६ मालपोत चौकमा को२ह ५५६५ नम्बरको अटो बुधबार साँझ दुर्घटना हुँदा मोरङ केराबारी गाउँपालिका–५ बस्ने ३४ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीको हरिवन नगरपालिका–११ कडरिया चौकमा ना६ख ९११७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ८० वर्षीय मानबहादुर राईको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–६ सुक्चरमा को९प ७८२८ नम्बर र को२९प ६१५९ नम्बरका २ मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा को९प ७८२८ नम्बरको मोटरसाइकल चालक विराटनगर महानगरपालिका–५ बस्ने २६ वर्षीय जितेन्द्र उराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै मोटरसाइकलमा सवार अन्य ४ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको राजविराज नगरपालिका–१० कदमाहामा प्र २–०३–०१६ प ३९९० नम्बरको मोटरसाइकललाई प्र २–०१–००३ प ३०७९ नम्बरको मोटरसाइकले ठक्कर दिँदा प्र २–०३–०१६ प ३९९० नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–१० बस्ने ३० वर्षीया अमृतादेवी यादवको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ठक्कर खाने मोटरसाइकलका चालकको गजेन्द्र नारायणसिंह अस्पतालमा राजविराजमा उपचार भइरहेको छ ।

ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको कञ्चन गाउँपालिका–४ भुपुसैनिक चोकमा लु४३प ३३१३ नम्बरको स्टकुरको ठक्करबाट पैदल यात्री सोही गाउँपालिका–४ शिवालय चोक बस्ने ६२ वर्षीय होमबहादुर खत्रीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।