बस दुर्घटना हुँदा बालकको मृत्यु, ३७ जना घाइते

बस दुर्घटना हुँदा बालकको मृत्यु, ३७ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इलाम जिल्लाको रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना हुँदा बालकको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् ।

इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले धनुषाको धारापानीबाट शैक्षिक भ्रमण गरी कन्यामबाट फर्किने क्रममा ना६ख ८४२४ नम्बरको बस सडकबाट ३०० मिटर तल खस्दा बसमा सवार ३७ जना घाइते भएका जानकारी दिए ।

प्रहरीले घाइतेको उद्धार गरेको छ । दुर्घटनामा परी १७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।