विराटनगर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित अन्नपूर्ण स्कूलको बस दुर्घटना हुँदा ३४ जना विद्यार्थी घाइते भएका छन् ।
मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा भएको दुर्घटनामा घाइते भएकामध्ये १२ जना गम्भीर रहेका प्रहरीले जानकारी दिएको छ ।
पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको र घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।




प्रतिक्रिया