लिटिल बुद्धविरुद्ध मुद्दा हाल्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु, षड्यन्त्र गरि मारिएको आशंका

लिटिल बुद्धविरुद्ध मुद्दा हाल्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु, षड्यन्त्र गरि मारिएको आशंका


काठमाण्डु- कथित तपस्वी रामबहादुर बम्जन ‘लिटिल बुद्ध’विरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

सिन्धुली जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते किशोरीको बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको जनाइएको छ । चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको सिन्धुलीका एसपी राजकुमार सिलवाले बताएका छन् ।

बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुने उनको भनाइ छ । यता मृतकका आफन्तले पनि षड्यन्त्र गरी मारिएको हुन सक्ने आशंका गरेका छन्। ती किशोरीका बुवाले केही दिनअघि मात्रै बम्जनले गरेको यौन शोषणबारे यसैबीच मृतकका आफन्तले षड्यन्त्र गरी मारिएको हुन सक्ने आशंका गरेका छन्। ती किशोरीका बुवाले केही दिनअघि मात्रै बम्जनले गरेको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए।