जीप दुर्घटना हुँदा २ विदेशी पर्यटकको मृत्यु

जीप दुर्घटना हुँदा २ विदेशी पर्यटकको मृत्यु

प्रतिकात्मक तस्वीर

काठमाण्डु – सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ मा जीप दुर्घटना हुँदा २ जना विदेशी पर्यटकको मृत्यु भएको छ ।

दुर्घटनामा २ भुटानी नागरिकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

बा२च ४४५० नम्बरको जीप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले बताए ।

जीपमा ५ जना भुटानी नागरिक र १ जना नेपाली चालक थिए । गुम्बा जाँदै गरेको जीप सडकबाट तल खसेर दुर्घटना भएको छ । घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डु पठाइएको प्रहरीले जनाएको छ ।