काठमाण्डु – पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका–६ मा आज मंगलबार भएको जीप दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेलाई बुटवल अस्पताल पुर्याइएको छ ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस हुँदै शीखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीचमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।




प्रतिक्रिया