टिप्परको ठक्करबाट बोलेरो गाडीमा सवार ३ जनाको मृत्यु

टिप्परको ठक्करबाट बोलेरो गाडीमा सवार ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – जिल्लाको बेलबारी नगरपालिका–१ स्थित सडकमा विराटचोकबाट बेलबारीतर्फ जाँदै गरेको प्र१–०२–००१ ख ९६७६ नम्बरको टिप्परले मे१ज २८५६ नम्बरको बोलेरोलाई शुक्रबार बिहान ठक्कर दिँदा बोलेरोमा सवार ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बोलेरो चालक झापाको बिर्तामोड नगरपालिका–२ बस्ने ३६ वर्षीय कृष्ण गजुरेलको न्यूरो अस्पताल विराटनगर तथा बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ बस्ने ५२ वर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका–४ बस्ने ४४ वर्षीया दिपा खनालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

पथरीबाट बेलबारीतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिई टिप्पर अनियन्त्रित भई बोलेरोलाई समेत ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका बोलरोमा सवार अन्य २ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

टिप्पर र बसका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।