रौतहट – जिल्लाको चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।
बागमती सडकखण्डको मंगलपुरमा आईतबार बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
सर्लाहीतर्फ जाँदै गरेको मे१ख २५३६ नम्बरको बसले साइकल चढेर जाँदै गरेका राई दाम्पतीलाई ठक्कर दिएपछि टाउकोमा गम्भीर चोट लागेर उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् ।
दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरेका छन् ।




प्रतिक्रिया