सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

बैतडीको पाटन नगरपालिका–८ झ्याउलेकस्थित सडकमा से२त ३६७८ नम्बरको ट्रयाक्टर सडकबाट करीब १५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ट्रयाक्टरमा सवार पाटन नगरपालिका–१० पनाली बस्ने ५० वर्षीय मानबहादुर बिष्ट र चालक कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–३ पिपलाडी बस्ने ३० वर्षीय राजेश चौधरी रहेका छन् ।

दोलखाको कालिञ्चोक गाउँपालिका–२ पुटिस्याङस्थित सडकमा पुटिस्याङबाट सिंगटीतर्फ आउँदै गरेको लु३त १७१४ नम्बरको ट्रयाक्टर सडकबाट करीब ३५ मिटर तल खेतमा खसेर शुक्रबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार कालिञ्चोक गाउँपालिका–२ बाबरे बस्ने ३६ वर्षीया सन्ची माया थामीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार ४ जनाको धुलिखेल शाखा अस्पताल भिमेश्वरमा उपचार भइरहेको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ डहरेस्थित सडकमा बा१७च १४६५ नम्बरको जीप सडकबाट करीब २०० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक दाङ घर भएका ३७ वर्षीय वीरसिंह परियारको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।