मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। घाइतेमध्ये रौतहटको मौलापुर नगरपालिका ६ बस्ने अन्दाजी १७ वर्षीय विवेक शाह र मकवानपुर भीमफेदी गाउँपालिका ८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै, अर्का घाइते बारा निजगढ नगरपालिका- ६ बस्ने ३० वर्षीय सन्दीप शाहको हेटौंडाको शहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार अनियन्त्रित भई बकैया–१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना भएको हो।