काठमाण्डु- सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दैलेखको दुल्लु नगरपालिका-११ भुकाहाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस शनिबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नजिकै सुर्खेत दैलेख सडक खण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।




प्रतिक्रिया