काठमाण्डु- ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
सातदोबाटोमा बाटो काट्ने क्रममा काभ्रेको धुलिखेलकी ४० वर्षीया अप्सरा दाहाललाई ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको जनाइएको छ । गाडी र चालकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया