धरानमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु

धरानमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – जिल्लाको धरानमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–१७ रेल्वेस्थित सडकमा प्र १–०२–०५ प ८७५३ नम्बरको स्कुटरको ठक्करबाट पैदल यात्री स्थानीय ३९ वर्षीया रत्नकुमारी राईको मृत्यु भएको छ ।

स्कुटरले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार दिँउसो उपचारको क्रममा मृत्यु भएको छ ।

तत्काल फरार रहेका स्कुटर चालकलाई खोजी गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।