पाकिस्तानमा सडक दुर्घटनामा एक परिवारका ७ जनाको मृत्यु

पाकिस्तानमा सडक दुर्घटनामा एक परिवारका ७ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उत्तरपश्चिम पाकिस्तानमा भ्यान खाल्डोमा खस्दा ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा एउटा भ्यान खोलामा खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको हो। यात्रुवाहक भ्यान तिब्र गतिका कारण क्रममा खाल्डोमा खसेर दुर्घटना भएको उद्धार सेवाले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै उद्धारकर्मीहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल पुर्‍याएको र घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको उद्धार सेवाले जनाएको छ। भ्यानमा सवार सबै एकै परिवारका रहेको उद्धार सेवाले जनाएको छ।

भ्यानमा सवार यात्रुहरू विवाह समारोहमा सहभागी भई हरिपुर जिल्लाको स्वाबी माइरा क्षेत्रबाट संघीय राजधानी इस्लामावादको विमानस्थलतर्फ जाँदै गरेका थिए।