तनहुँ बस दुर्घटना : मृतक २१ जनाको शव भारतीय दूतावासलाई हस्तान्तरण

तनहुँ बस दुर्घटना : मृतक २१ जनाको शव भारतीय दूतावासलाई हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा मृत्यु भएका २१ जनाको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ ।

दुर्घटनामा ११ महिला, ९ पुरुष र १ बालिकासहित २१ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायका अनुसार बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए ।

यी हुन् मृतकहरू –

१. सुहास प्रभाकर राणे

२. तुकशीयराम बुधो तायडे

३. सुधारकर बकीराम जावके

४. सागर कडु जावके

५. सन्दिप राजाराम सरोदे

६. गणेश पांडुरङ्ग भारंबे

७. पंकज भावगत भंगाके

८. प्रमोद सुरेष पाटिल

९. मुरलीजा खान (चालक)

१०. सरला सुहास राठी

११. निलीमा सुनिल धांडे

१२. मङ्गला विलास राठो,

१३. रोहिणी सुधाकर जावके

१४. भारती प्रकाश जावके

१५. पल्लबी सन्दिप सरोदे

१६. सुलभा पांडुरङ्ग भारंबे

१७. मिनल गणेश भारंबे

१८. निलीमा चन्द्रकान्त जाबके

१९. आनिता आविनाश पाटिल

२०. निलीमा भिकड

२१. परी गणेश भारंबे (बालक)