सप्तरी – हनुमाननगर कंकालिनी नगरपालिका–५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँस्थित कोशी बाँधमा शनिबार २ मोटरसाइकल एकआपसमा जुध्दा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१५ बस्ने ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिए ।
भारदहबाट हनुमाननगरतर्फ आउँदै गरेको स२प ७२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को३४प ५४५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी स२प ७२९६ नम्बरको मोटरसाइकल चालक साहको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए । अर्को मोटरसाइकलका चालकसहित २ जना घाइते भएका थिए । घाइतेको नाम र ठेगाना खुल्न सकेको छैन ।



प्रतिक्रिया