काठमाण्डु – राजधानी काठमाण्डुको कलंकीमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
काठमाण्डु महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा९५प ७६२५ नम्बरको स्कुटर बागमती प्रदेश ०१–००६ ख ४८७९ नंको बसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाण्डु बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका घर्तिमगरको कलंकीस्थित नेपाल नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बा५२प ९६८० नम्बरको मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भई बसमा ठोक्किएको थियो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिए पनि ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




प्रतिक्रिया