काठमाण्डु-काठमाडौँबाट झापाको काँकडभिट्टा जाँदै गरेको रात्री बस झापाको सुरुंगामा दुर्घटना भएको छ ।
दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन् । झापाको कन्काइ नगरपालिका–३ पूर्वपश्चिम राजमार्गमा प्रदेश १–००६ ख ५७७१ नम्बरको विराट यातायातको बस दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ क ८८९ नम्बरको कन्काइ बहुमुखी क्याम्पसको बसलाई पछाडिबाट ठक्कर दिएपछि बस सडकबाट तल नालामा खसेको थियो । बसमा ८ जना सवार थिए।
दुर्घटनापछि प्रहरीले बसका चालक झापा घर भएका शंकरबहादुर खत्रीलाई पक्राउ गरेको छ ।




प्रतिक्रिया