मोटरसाइकल र साइकल ठोक्किंदा एक जनाको मृत्यु

मोटरसाइकल र साइकल ठोक्किंदा एक जनाको मृत्यु

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नवलपरासीमा मोटरसाइकल र साइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका–१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल गए राति एक आपसमा ठोक्किएका थिए ।

दुवै चालकहरू घाइते भई उपचारको लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाइएकोमा साइकल यात्रीको आज उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१ नारायणचोकका ४७ वर्षीय सुरेश चौधरी छन् । उनको शव मीम अस्पताल भैरहवामा राखिएको छ ।