बस दुर्घटनामा एक जनाको मृत्यु, ४२ घाइते

बस दुर्घटनामा एक जनाको मृत्यु, ४२ घाइते

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-बारामा भएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४२ जना घाइते छन् ।

दुर्घटनामा दाङ, गडवा गाउँपालिका–५ घर भएका ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको हो । उनको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–८ स्थित उनासी पुलबाट बस तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जानकारी दिए ।

काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बसको पट्टा भाँचिए पछि अनियन्त्रित भएर पुलबाट ८ मिटर तल खसेको थियो ।

यता, विराटनगरको सडकमा पार्किङ गरेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार विराटनगर–१० का २५ वर्षीय कृष्ण मण्डल छन् । दुर्घटनामा विराटनगर–१५ का १८ वर्षीय राजीव मण्डल गम्भीर घाइते छन् ।

सडकको साइडमा पार्किङ गरेर राखिएको यूपी ३ पी २८९१ नम्बरको ट्रकमा विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइकल ठोक्किएको हो।