सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कमलामाई – काठमाण्डुबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा सोमबार दुर्घटना भएको छ ।

सोमबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।