काठमाण्डु-सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।
मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई मजदुरहरूको मृत्यु भएको हो ।
दुर्घटनामा टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको हो ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरू पनि भारतीय नागरिक नै हुन् । उनीहरूको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया