गोरखा – गोरखाकाे चिउरेभीरमा टिपर दुर्घटना भएको छ । सिरानचोक गाउँपालिका-७ श्रीनाथकोट चिउरेभीरमा शनिबार राति भएको दुर्घटनामा चालक भालुस्वाँराका २० बर्षिय सुमन खड्काको मृत्यु भएको हो ।
बा ५ ख १९८२ नम्बरको टिपर सडकबाट दरौंदी नदीमा खसेको थियो । टिपरका सहचालक बेपत्ता छन् । उनको खोजी भइरहेका प्रहरीले जनाउको छ । टिपर दुर्घटनामा परेर स्थानीय जनक गुरुङ घाइते पनि घाइते छन् । उनलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया