बस, कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, १३ घाइते

बस, कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, १३ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भैरहवा तौलिहवा सडक खण्डको लवनी नजिक बस, कार र मोटरसाइकल एक आपसमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १३ जना घाइते भएका छन् ।

भैरहवाबाट तौलिहवा जाँदै गरेको लु २ ख २३१ नम्बरको बस, बा १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

कार चालकको घटना स्थलमा मृत्यु भएको छ । मृतक कार चालकको सनाखत भएको छैन । कारमा सवार बाँकी २ जना गम्भीर घाइते भएका छन् ।

बसमा सवार ४ जनाको स्थानीय अलशेख हस्पिटलमा उपचार भइरहेको छ । ६ जना घाइतेको भैरहवामा उपचार भइरहेको छ ।

मोटरसाइकलमा सवार २ जनाको भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।