जाजरकोटमा जिप दुर्घटना, मृतकको संख्या पाँच पुग्यो

जाजरकोटमा जिप दुर्घटना, मृतकको संख्या पाँच पुग्यो

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-जाजरकोटको नलगाड नगरपालिकाको कालीमाटीबाट करुवा जाँदै गरेको बोलेरो दुर्घटना हुँदा मृतकको संख्या पाँच पुगेको छ । बुधबार राति जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको हो ।

नलगाड नगरपालिका–३ का १९ वर्षीय जनक थापा र २१ वर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाईतेहरूलाई ल्याएको थियो । प्रहरीका अनुसार जिप एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ७ सयदेखि ८ सय मिटर तल खसेर दुर्घटना भएको हो । जीपमा सात जना सवार थिए ।