काठमाण्डु- भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा तीन वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । उनको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् ।




प्रतिक्रिया