काठमाण्डु –काठमाडौँको शंखरापुर नगरपालिका–६ साँखु सलम्बुटारमा टिपर घरमा छिर्दा ठक्कर लागेर ३ जनाको मृत्यु भएको छ ।
उनीहरू सुतिरहेकै अवस्थामा टिपरले ठक्क्र दिएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।
साँखु ब्रह्मखेल सडक खण्डमा शुक्रबार बिहान साढे ३ बजे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहराभित्र छिरेको थियो ।
टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले जानकारी दिए ।
टिपर सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीले चलाएका थिए । उनलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ । त्यहाँ ६१ जना बस्दै आएका थिए । तीमध्ये १० जना बसेको टहरामा टिपर छिरेको थियो ।




प्रतिक्रिया