काठमाडौँ । रोल्पाको गुंग्री खोलामा बस दुर्घटना भएको छ । रोल्पाको सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा प्रा.लि.को ग१ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षिय सूर्यलाल जीएम रहेका छन् । सुनिल स्मृति गाउँपालिका–३, रुइनिवाङमा रहेको जीप पार्कबाट २ सय मिटर तल लुंग्री खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकि छ ।




प्रतिक्रिया