काठमाण्डु – धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस बुधबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा २ महिला र १ पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छ भने २ जनाको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइते ८ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको जनाइएको छ ।




प्रतिक्रिया