काठमाण्डु- बर्दियाको गुलरिया–राजापुर हुलाकी सडकखण्डमा पर्ने मधुवन नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते भएको प्रहरीले जनाएको छ ।
भे ६ प ५४१ नम्बरको मोटरसाइकल र भे १३ प २६६९ नम्बरको मोटरसाइकल मधुवन नगरपालिका ८ लालसिँह चोक नजिक गएराति आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकलका चालक मधुवन नगरपालिका–८ का ३२ वर्षीय टंकबहादुर बिसी र अर्का मोटरसाइकल चालक गुलरिया नगरपालिका–२ का २८ वर्षीय देवानन्द यादवको मृत्यु भएको हो ।
गम्भीर घाइते अनुपम यादवलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।




प्रतिक्रिया